कोरोना भाइरसकाका कारण चीनमा २५ जनाको मृत्यु



बिबिसी । कोरोना भाइरसको सङ्क्रमण फैलिने चिन्ता बढ्दै गर्दा चीनको ख्हबेई प्रान्तका नगरहरूमा यात्रा प्रतिबन्धहरू अझै कडा बनाइएका छन् ।

त्यो भाइरसका कारण अहिलेसम्म २५ जनाको ज्यान गइसकेको छ ।

करिब दुई करोड मानिसलाई यात्रा नगर्न निर्देशन दिइएको छ । फोक्सोको गम्भीर प्रकारको रोग निम्त्याएको यो भाइरस सङ्क्रमण विश्वका अन्य देशहरूमा पनि फैलिइसकेको छ ।

चिनियाँ अधिकारीहरूका अनुसार पछिल्ला सङ्क्रमण कोरोनाभाइरसका कारण भइरहेका छन् । यस क्रममा देखिएका धेरै मध्ये ६ वटाले मात्र मानिसहरूलाई सङ्क्रमित तुल्याइरहेका छन् ।

अहिले देखिएको नयाँ थपिँदा ती भाइरसको सङ्ख्या सात पुग्न जान्छ ।

सन् २००२ मा सार्स भन्ने भाइरसको महामारीले झन्डै आठ हजार एक सय जनालाई सङ्क्रमित तुल्याएको थियो । ती मध्ये सात सय ७४ जनाको ज्यान गयो ।

तर विज्ञहरू भन्छन अहिले चिकित्सकहरू यस्ता सङ्क्रमणसँग जुध्न धेरै नै तम्तयार भइसकेका छन् । कोरोनाभाइरसको सङ्क्रमण भएपछि ज्वरो आउँछ र त्यसपछि सुख्खा खोकी लाग्छ ।

केही हप्तापछि सास फेर्न गाह्रो हुन्छ र केही बिरामीलाई अस्पताल लैजाने अवस्था आउँछ । तर कैयौँ अवस्थामा यस्ता लक्षण नदेखिका बिरामी पनि भेटिने गरेको विज्ञहरू बताउँछन् ।

कोरोनाभाइरसको सङ्क्रमणका कारण ज्यान जानेको सङ्ख्या कुल सङ्क्रमितको तीन प्रतिशत मात्रै हो ।

तर यो सङ्क्रमण प्राणघातक बन्न केही समय लाग्ने भएकोले ज्यान जानेको सङ्ख्या अझै बढ्ने भय व्यक्त भइरहेका छन् ।

त्यसमाथि चिकित्सकहरूले थाहै नपाएका सङ्क्रमण कति छ भन्ने अझै प्रस्ट भइसकेको छैन ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १३ गते, मंगलवार

menu LIVE TV