हिटरका कारण कसरी हुन्छ मान्छेको मृत्यु ? (भिडियोसहित)



  • अभिन्न गुरुङ

गत सोमबार मकवानपुरको थाहा नगरपालिकास्थित दामनको एउटा होटलमा आठजना भारतीय नागरिकको हिटरको कारण मृत्यु भएको खबर सञ्चार माध्यमहरुमा छ्यापछ्याप्ती भयो । समाचारहरुमा विद्युतीय हिटरको फोटो राखेर समाचार आएका थिए ।

तर, कुन हिटरको कस्तो असर हुन्छ ? हिटरका कारण कसरी मानिसको मृत्यु भयो ? आदि विषयमा भने चित्त बुझ्दो कुनै समाचारमा देखिनँ ।

ग्यास र कोइलाको आगोभन्दा विद्युतीय हिटरहरु सुरक्षित हुन्छन् । विद्युतीय हिटरमा भएका रडहरु तातो भएर ताप प्रदान गर्दछ । तर, ग्यास हिटर र कोइला बल्न अक्सिजन आवश्यक पर्दछ । त्यसका लागि उपलब्ध वातावरणबाट अक्सिजन लिन्छ । बन्द कोठामा ग्यास हिटर र कोइला बल्न थालेपछि कोठामा अक्सिजन घट्दै जान्छ । हिटर र मान्छे दुवैले अक्सिजन लिने हुनाले कोठमा अक्सिजन कम हुन्छ । जसले त्यहाँ रहेका मानिसलाई असर गर्दछ ।

मानिसले रातो रक्तकोषमा रहेको हेमोग्लोबिनमार्फत अक्सिजन लिन्छौं । बन्द कोठामा ग्यास हिटर र कोइला बाले त्यहाँ अक्सिजन कम र कार्बोमनोअक्साइड बढी हुन्छ । यस्तो अवस्थमा हेमोग्लोबिनले अक्सिजनभन्दा कार्बोमनोअक्साइड लिन्छ । र, कार्बोअक्सी हेमोग्लोबिन बन्छ । जुन स्थिर हुन्छ ।

कार्बोअक्सी हेमोग्लोबिनका कारण शरीरका अन्य कोषहरुको सञ्चालनमा समस्या सिर्जना हुन्छ । यसले शरीरमा ऊर्जा प्रवाह हुन पाउँदैन । हेमोग्लोबिन शरीरका सबै ठाउँमा सञ्चार हुन पाउँदैन । यस्तो अवस्थामा स्वास प्रस्वासमा समस्या हुन्छ । जसका कारण मान्छेको मृत्यु हुन्छ ।

त्यसैले ग्यास हिटर वा कोइला बाल्दा झ्याल ढोका खुला राख्नु पर्दछ । राति सुत्दा हिटर बन्द गर्नु पर्दछ ।

(गुरुङ कक्षा १२ का विद्यार्थी हुन् ।)




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ९ गते, शुक्रबार

menu LIVE TV