अग्‍नि सापकोटामाथि कुनै मुद्दा छैनः प्रचण्ड



चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेता अग्नि सापकोटामाथि कुनै मुद्दा नरहेको बताएका छन् ।

शुक्रबार पत्रकारहरुसँग उनले सापकोटामाथि मुद्दा छ भनेर गरिएको प्रचार असत्य भएको बताएका हुन् । प्रतिनिधिसभाको सभामुख पदमा नेकपाबाट सिफारिस भई मनोनयन दर्ता गरेका सापकोटा विरुद्धमा मुद्दा भएको सन्दर्भमा सोधिएको प्रश्नमा दाहालले भने, ‘मैले पटकपटक भनिरहेको छु, अग्नि सापकोटामाथि कुनै मुद्दा छैन ।’

सिङ्गै संसद्ले उनलाई स्वीकार गरिसकेको भन्दै उनले थपे, ‘उहाँको पक्षमा राष्ट्र एक ठाउँमा उभिइसक्यो, यो विषयलाई अनावश्यकरूपमा प्रचार गर्नु कुनै औचित्य छैन ।’

दाहालको गृहजिल्ला चितवनमा केही समययता प्रहरी प्रमुखविहीन भएको सन्दर्भमा सोधिएको प्रश्नमा उहाँले सरकारले आफ्नो अनुकूलतामा प्रहरी प्रमुख पठाउने बताए ।

प्रहरी नायब उपरीक्षकले राम्रै काम गरिराख्नुभएको भन्दै दाहालले प्रश्न गरे, यहाँ सुरक्षा खतरा पैदा भएको छ, र मलाई त केही भएजस्तो लागेको छैन ।

 




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १३ गते, मंगलवार

menu LIVE TV