पहिलो टि-ट्वेन्टीमा न्युजिल्याण्डमाथि भारतको सहज जित



न्युजिल्याण्डविरुद्धको पहिलो टी–ट्वेन्टीमा भारत ६ विकेटले विजयी भएको छ । जितसँगै भारतले पाँच खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।

न्युजिल्याण्डले दिएको २०४ लक्ष्य रनको भारतले १९औं ओभरमा ४ विकेटको क्षतिमा भेट्टाएको थियो । भारतका लागि श्रेयस आयरले नटआउट ५८ तथा लोकेश राहुलले ५६ रनको पारी खेले । यस्तै, राहुलसँग दोस्रो विकोटका लागि ९९ रनको साझेदारी गरेका विराट कोहली ४५ बनाए ।

यसअघि, इडेन पार्क अक्ल्याण्डमा टस हारेर पहिले व्याटिङ गरेको घरेलु टोली न्युजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०३ रन बनाएको थियो ।

उत्कृष्ट सुरुवात गरेको न्युजिल्याण्डले पहिलो पावरप्लेमा विना विकेट क्षति ६८ रन बनाएको थियो । कोलिन मुनरोसँग ८० रनको साझेदारी गरेका मार्टिन गुप्टिल ३० रन बनाउँदै शिभम दुवेको बलमा रोहित शर्माको हातबाट क्याच आउट भए ।

यस्तै, मुनरो, केन विलिम्सन र रोस टेलरले अर्धशतकीय पारी खेले । मुनरोले ५९, विलिम्सनले ५१ रनमा आउट भए भने टेलर ५४ रनमा अविजित रहे । टेलरले अन्तर्राष्ट्रिय टी–ट्वेन्टीमा ६ वर्षपछि भारतविरुद्ध अर्धशतक बनाएका हुन् ।

 

 




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १३ गते, मंगलवार

menu LIVE TV