के हो कोरोना भाइरस ? कसरी बँच्ने यसबाट ? [भिडियोसहित]



काठमाडौं । चीनको वुहानबाट संक्रमण सुरु भएको नयाँ कोरोना भाइरसका कारण मानिसहरु आतंकित भइरहेका छन् । सो भाइरसका कारण कम्तीमा पनि १७ जनाको मृत्यु भइसकेको तथ्यांक पनि सार्वजनिक भएको छ ।

कोरोना भाइरस सर्पबाट मानिसमा सरेको अनुसन्धानकर्ताहरुले बताएका छन् । चीनको वेइजिङस्थित पेकिङ्ग विश्वविद्यालयले सोमबार प्रकाशित गरेको जर्नल अफ मेडिकल भाइरोलोजीमा अनुसन्धानबाट यो कुरा पत्ता लागेको उल्लेख गरिएको छ ।

३१ डिसेम्बरमा चीनको वुहान शहरबाट सुरु भएको उक्त भाइरस वेइजिङ र सेन्चेनमा समेत फैलिएको छ । भाइरसको संक्रमणबाट १७ जनाले ज्यान गुमाइसकेको बिबिसले जनाएको छ । त्यस्तै ७ सयभन्दा बढि संक्रमित भइसकेका छन् ।

उता चिनियाँ अधिकारीहरुले भने यो संख्या अझ बढ्न सक्ने उल्लेख गरेका छन् ।

के हो कोरोना भाइरस ?

सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनका अनुसार कोरोना जनावरबाट मान्छेमा सर्ने भाइरस हो । तर कुन जनावरबाट सर्छ भन्ने अझै खुलीसकेको छैन ।

कोरोना भाइरस विभिन्न प्रकार छन् । अहिलेसम्म सार्स र मर्स दुई भाइरसको संक्रमण मानिसमा देखिएको थियो ।

सन् २००२ मा सार्स नामक कोरोना भाइरस चीनमा नै देखिएको थियो । यस्तै सन् २०१२ मा मर्स भाइरस फैलिएको थियो । मर्स भाइरस साउदी अरेबियामा ८० प्रतिशतसम्म देखिइरहेको छ ।

पुनका अनुसार अहिले देखिएको नोबेल कोरोना भाइरस हो । २०१९ एन कोरोना भाइरस भनिएको छ । विश्व स्वास्थ्य संगठनले नजिकबाट नियाली रहेको छ ।

कसरी बच्ने ?

यो भाइरसले स्वास्थ्यमा पार्ने प्रभाव ,अवधी उपचार पद्धति सबै विषय अज्ञात नै छ । यद्यपि विश्वभरी यसलाई चासोपूर्ण रुपमा लिइएको छ । विश्व स्वास्थ्य संगठनले पनि नजिकबाट नियाली रहेको छ । यो भाइरस कसरी सर्छ ? यसको प्रभाव, लक्षण अवधी आदिका बारेमा अझै पनि स्पष्ट भइसकेको छैन ।

तथापी ज्वरो आउने सास फेर्न गाह्रो हुने निमोनियका कारण मानिसको मृत्यु हुने देखिएको पुनले बताए । ‘इन्फ्ल्यून्जा जस्तै हो । विश्व स्वास्थ संगठनले थप जीवित पशुपंक्षीसँग अनाश्यक रुपमा नजिक नपर्न सल्लाह दिएको छ,’ पुनले भने, ‘सामान्य फ्लू हुँदा जसरी स्वास्थ्यको ख्याल राख्ने हो त्यहि विधि नै त्यसमा समावेश छ ।’ अहिले सम्मको अनुपात हेर्दा भाइरसले उमेर धेरै भएका, अन्य रोगबाट संक्रमित तथा दीर्घ रोगीहरुलाई यसले बढी प्रभाव पारेको उनको भनाइ छ ।

भाइरसका बारेमा अझ धेरै कुरा बुझ्न बाँकी रहेको उल्लेख गर्दै सरुवा रोग विशेषज्ञ पुनले भने, ‘कोरोना भाइरसबाट सावधान रहन जरुरी छ ।’

हेर्नुस् भिडियाे ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ९ गते, शुक्रबार

menu LIVE TV