लागुऔषधसहित एकजना पक्राउ



काठमाडौं । नागढुंगास्थित चेकप्वाइन्टबाट लागुऔषधसहित एकजना पक्राउ परेका छन् ।

शुक्रबार थानकोट प्रहरी वृत्तको टोलीले झापाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ७२१६ नम्बरको बसबाट महादेव चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

सुनसरीको झुम्का नगरपालिका–५ का १९ वर्षीय चौधरीको झोलाभित्र २९ ट्याबलेट नाइट्राभेटज १० र ३९८ ट्याब्लेट नाइट्रोसन १० बरामद गरिएको प्रहरीले जनाएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ९ गते, शुक्रबार

menu LIVE TV