झापाबाट काठमाडौं आउँदै गरेको माइक्रो सिन्धुलीमा दुर्घटना : चालकको मृत्यु



काठमाडौं । बिपी राजमार्गस्थित सिन्धुलीको ढुंग्रेभञ्ज्याङमा माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी २० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार दुर्घटनामा परी भक्तपुरस्थित गठ्ठाघरका ३८ वर्षीय मोहन मर्हजनको मृत्यु भएको छ ।

उक्त माइक्रो झापाबाट काठमाडौं आउँदै थियो । झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ६९६ नम्बरको माइक्रो सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकाली ढुङ्ग्रेभञ्ज्याङमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका २० यात्रुको सिन्धुलीकै विभिन्न अस्पतालमा उपचार भइराखेको प्रहरीले जनाएका छन् ।

माइक्रोबस सडकबाट अन्दाजी ३५ मिटर तल खसेको थियो । बाक्लो हुस्सु र तीव्रगतिका कारण माइक्रोबस दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

तस्बिर फेसबुकबाट ।

 




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १३ गते, मंगलवार

menu LIVE TV