यो कस्तो सजाय ? होमवर्क नगरेको भन्दै ८ वर्षीया बालिकालाई ४५० पटक उठबस !



एजेन्सी । एक शिक्षिकाले गृहकार्य नगरेको भन्दै ८ वर्षीया बालिकालाई कठोर सजाय दिएकी छन् ।

होमवर्क नगरेको भन्दै ती शिक्षिकाले विद्यार्थीलाई साढे ४ सय पटक उठबस गर्ने सजाय दिएकी हुन् ।

यस्तो सजाय पाएकी विद्यार्थी बिरामी भएकी छन् । अहिले उनलाई अस्पतालमा भर्ना गरिएको छ र उनको उपचार हुँदैछ । प्रहरीले सजाय दिने शिक्षिकाविरुद्ध उजुरी दर्ता गरी घटनाको अनुसन्धान अघि बढाएको छ ।

घटना भारतस्थित महाराष्ट्रको हो । महाराष्ट्रस्थित नयाँ नगर प्रहरी थानाका उप निरीक्षक सोहेल पठानले बालिकाकी आमाद्वारा दर्ता गराइएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको बताए ।

अधिकारीहरुका अनुसार शिक्षिकाले शुक्रबार गृहकार्य नगरेको भन्दै बालिकालाई ४५० पटक उठबस गर्न लगाएकी थिइन् । ती बालिका शान्ति नगरमा बस्ने र तीन कक्षामा अध्ययनरत छिन् ।

बालिका ट्युसनबाट घर फर्कंदा चल्न पनि नसक्ने अवस्थामा थिइन् भने उनका खुट्टा सुन्निएका थिए । यो देखेपछि उनलाई तुरुन्तै अस्पतालमा भर्ना गरिएको थियो । कपडा खोलेपछि उनलाई बेतले कुटेको पनि खुलेको थियो ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १३ गते, मंगलवार

menu LIVE TV