पूर्वसांसद कार्कीको निधन


SHARES

पाल्पा । नेपाली कांग्रेस पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ ।

मिर्गौला रोगबाट पीडित कार्कीको आज विहान उपचारका क्रममा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको नेपाली कांग्रेस पाल्पाका सचिव झपिन्द्र गैरेले जानकारी दिए ।

उनले मिर्गौलाको डायलायसिस गराउँदै आएका थिए ।

पाल्पाको रम्भा गाउँपालिका–५ ताहूँमा वि.सं. २००० मा जन्मिएका कार्की वि.सं. २०४८ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

वि.सं. २०५१ देखि २०५६ सम्म उनले कांग्रेस पाल्पाको जिल्ला सभापतिको जिम्मेवारी वहन गरेका थिए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV