नेहा कक्कडसँग यही महिना विवाह गर्दै यी पञ्जाबी गायक



एजेन्सी । बलिउड गायिका नेहा कक्कड़को विवाहको बारेमा धेरै कुराहरु भइरहेक हुन्छन् । यसैबीच नेहाले २४ अक्टुबरमा पञ्जाबी गायक रोहनप्रित सिंहसँग सातफेरा लिने तयारी रहेको समाचार बाहिरिएको छ । हालसालै उनीहरु दुबै मिलेर एउटा भिडियो पनि बनाएका थिए ।

रोहनप्रित सिंह एक पञ्जाबी गायक हुन् । उसले धेरै रियलिटी टिभी कार्यक्रमहरूमा भाग लिएका छन् । रोहनप्रित २०१८ मा आयोजित ’राइजिंग स्टार २’ मा पहिलो रनरअप बनेका थिए ।
अझ चाखलाग्दो कुरा यो हो कि रोहनप्रितले १३ वर्ष अगाडि २००७ मा सारेगामापा लिटिल चैम्प्समा भाग लिएका थिए । उक्त शो मा पनि उनले आफ्नो आवाजको जादू चलाएका थिए । उनी उक्त शोको पनि पहिलो रनरअप थिए ।


अहिले रोहनप्रित धेरै बदलिएका छन् । २०१७ मा उनले आफ्नो पहिलो गीत ब्याङ्गब्याङ्ग रिलिज गरेका थिए । त्यसपछि उनले तकलिफ, पहेली मुलाकात, हेल्लो हायलगायत धेरै गीत बजारमा ल्याइसकेका छन् ।

रोहनप्रित यस वर्ष रियलिटी टिभी कार्यक्रम ’मुझ्से शादी करोगे’ मा पनि देखिएका थिए । शोमा उनी शहनाज गिललाई मनाउन आएका थिए, यद्यपि शो चल्न सकेन र बीचमा नै रोकियो ।

अब रोहनप्रित नेहा कक्कडसँग विवाहको बारेमा फेरि चर्चामा छन् । टाइम्स अफ इण्डियाले नेहा कक्कड र रोहनप्रित चाँडै विवाह गर्न जाँदैछन् भनेर उल्लेख गरेको छ । तर, रोहनप्रितको म्यानेजरले भने अहिले रोहनप्रितको कक्कडसँग बिहे गर्ने कुनै योजना नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: