ललितपुर महानगरपालिकाका प्रमुख महर्जन कोरोनामुक्त « Nagarik Khabar

ललितपुर महानगरपालिकाका प्रमुख महर्जन कोरोनामुक्त



ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोरोना संक्रमणमुक्त भएका छन् । यही असोज ८ गते ज्वरो आउने र खोकी लाग्ने समस्या भएसँगै पाटन अस्पतालमा स्वाब परीक्षण गराउँदा शुक्रबार उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

असोज ९ देखि १५ गतेसम्म निजी निवासमा रहेका महर्जन १६ गते छातीमा समस्या देखिएसँगै सानेपाको स्टार अस्पताल भर्ना भएको प्रमुखका स्वकीय सचिव इन्द्र बज्राचार्यले जानकारी गराए । उनले भने, “आज दिउँसो ४ बजे मेयर सापको नतिजा नेगेटिभ आयो । अब उहाँ छिट्टै महानगरपालिका कार्यालयमा उपस्थित हुनुहुनेछ ।” मंगलबार मात्रै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र सोमबार महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ कोरोना संक्रमणमुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: