अमेरिकामा एक नेपाली युवकमाथि गोली प्रहार, अवस्था गम्भीर



टेक्सस । अमेरिकामा नेपाली युवकमाथि गोली प्रहार भएको छ । टेक्ससमा लुटेरा समूहको गोली लागेर एक नेपाली युवक गम्भीर घाइते भएका छन् ।

गोली लागेर गम्भीर भएका नेपाली युवक उमेश न्यौपानेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ग्यास स्टेसनमा काम गरिरहेको समयमा लुटेराले गोली प्रहार गरेका थिए ।

तीनजनाको समूहले न्यौपानेमाथि एक्कासी गोली हानेको थियो । न्यौपानेको गम्भीर अवस्थामा आइसियूमा उपचार भइरहेको एनआरएनए टेक्ससले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: