नेसन्स लिग फुटबलमा पोर्चुगलको शानदार जित



एजेन्सी । नेसन्स लिग फुटबलमा स्विडेनलाई तीन शुन्य गोल अन्तरले हराउँदै पोर्चुगलले शानदार जित हात पारेको छ ।

पोर्चुगलले स्टार स्ट्राइकर क्रिस्टियानो रोनोल्डोविना नै यो जित हात पारेको हो । गएराति घरेलु मैदानमा भएको खेलमा पोर्चुगलको जितका लागि डिओगो जोटाले दुई गोल गरे ।

त्यस्तै बेर्नान्डो सिल्भाले एक गोल गरे । खेलको २१औं मिनेटमा बेर्नान्डोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले जोटाको पासमा गोल गरेका हुन् ।

त्यस्तै पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा जोटाले गोल गरेका थिए । उनले क्यान्सेलोको पासमा गोल गर्दै पहिलो हाफमा पोर्चुगललाई दुई शुन्यको अग्रता दिलाएका थिए ।

खेलको ७२औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गरे । उनले कार्भाल्होको पासमा गोल गर्दैै पोर्चुगललाई तीन शुन्यको सहज जित दिलाए ।

यो जितसँगै पोर्चुगलको नेसन्स लिग फुटबलको समूह सी मा चार खेल खेल्दै १० अंक जोडेर शीर्ष स्थामा रहेको छ । पराजित स्विडेनले भने लगातार चौथो हार व्यहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: