सञ्चारकर्मी देवीजंग गुरुङको गुरुङ गीत सार्वजनिक (भिडियो)



पोखरा । लामो समय सञ्चार क्षेत्रमा क्रियाशील कास्कीको सिक्लेस गाउँ निवासी देवीजंग गुरुङको ‘क्हार खबा ङोल्स्यो’ गीत आज घटस्थापनाको दिन सार्वजनिक भएको छ ।

देवीजंग गुरुङको शब्द तथा निर्माणमा नेपाल आइडलकी ममता गुरुङ र थमन गुरुङको स्वरमा तेजेन्द« गुरुङले संगीत संयोजन गरेको गीत र भिडियो आज स्ट्रीम नेपालको युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

गीतको भिडियोमा सिक्लेसकै टीका गुरुङ, श्याम गुरुङको मुख्य अभिनय रहेको छ भने बालकलाकारहरु अमृत गुरुङ, अरुणा गुरुङ र इशा गुरुङको अभिनय छ ।

पर्यटकीय गाउँ सिक्लेसमा छायाङ्कन गरिएको गीतको भिडियोमा पूर्ण कुमारी गुरुङ (रुपा) को नृत्य निर्देशन र टौ गुरुङको सहनिर्देशनमा बनेको भिडियोलाई खिमबहादुर गुरुङले सम्पादन गरेका हुन् ।

टौ गुरुङ र जनम गुरुङले छायाङ्कन रहेको भिडियो निर्देशन देवीजंग गुरुङले गरेका हुन् ।

यसैबीच, क्हार खबा ङोल्स्यो गीतमा आयोजित टिकटक प्रतियोगितामा कास्की जिल्ला मादी गाउँपालिका–१ खिलाङका विश्वास गुरुङ र मादी २ ताङतिङका रजनी गुरुङको सम्रह प्रथम भएका छन् ।

कुल ८५ समूहले सहभागिता जनाएको प्रतियोगितामा स्याङ्जा जिल्ला विरुवा ७ का झरना गुरुङ, सपना गुरुङ र सुआच्यो गुरुङको समूह द्धितिया र मादी ६ का खुशीमान क्षेत्री तृतिया भएका छन् ।

लाइक र भ्युजको आधारमा गरिएको उक्त प्रतियोगितामा प्रथम भएको समूहलाई प्रमाणपत्र र नगद ६ हजार, द्धितियालाई प्रमाणपत्र र नगद ३ हजार र तृतियालाई प्रमाणपत्र र नगद १ हजार ५ सय रुपैयाले पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: