बीपी प्रतिष्ठानमा आधा घण्टाको फरकमा दुई कोरोना संक्रमितको मृत्यु



धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई संक्रमितको शनिबार मृत्यु भएको छ । झापा, शिवगढी-११ का ५७ वर्षीय र सुनसरी, धरान-१५ का ६५ वर्षीय पुरुषको आधा/आधा घण्टाका फरकमा मृत्यु भएको हो ।

सुनसरीका पुरुषको बिहान ७ः१५ र झापाका पुरुषको ७ः४६ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए । झापाका बिरामीलाई शनिबार मात्र प्रतिष्ठानको कोभिड अस्पतालमा ल्याइएको थियो ।

माइस्थेनाग्राभिजका बिरामी उनलाई अस्पताल ल्याइएको केही समयमै मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

सुनसरीका बिरामीलाई गत असोज २८ गते कोभिड भइ २९ गते अस्पताल भर्ना गरिएको थियो । उनको पेटको समस्या भइ भरखर शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ६१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: