भन्सार एजेण्टको घरबाट झण्डै २० किलो सुन बरामद



पर्सा । पर्साको वीरगञ्जबाट प्रहरीले झण्डै २० किलो सुन बरामद गरेको छ । भन्सार एजेन्टको रुपमा रहेका एक व्यक्ति बसोबास गर्ने घरबाट सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पर्साका प्रहरी प्रवक्ता मन्जित कुँवरले सुन बरामद गरिए पनि तौल नगरिएको नागरिकखबरलाई जानकारी दिए । अहिले केहीबेरमा एकिन तथ्याङ्क सार्वजनिक गर्ने उनको भनाइ छ ।

छापा मार्ने टोलीमा रहेका एक अधिकारीले झण्डै २० किलो सुन बरामद गरिएको हुनसक्ने बताए । सूचनाका आधारमा उनको घरमा आज प्रहरीले छापा मारेको थियो । जिल्ला प्रहरी कार्यालय पर्साले केहीबेरमा पत्रकार सम्मेलनको तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: