कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १२ जनाको मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ सय २७ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ३ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण भएको जानकारी दिए । देशभर संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ ।

संक्रमितमध्ये ८९ हजार ८ सय ४० जना निको भएर घर फर्किएका छन् भने ७ सय २७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: