स्टेभन स्मिथको अर्धशतकीय पारीकाे मद्धतमा राजस्थानद्वारा बेङ्गलोरलाई १७८ रनको लक्ष्य



काठमाडौं । १३औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा राजस्थान रोयल्सले रोयल च्यालेञ्जर्स बेङ्गलोरलाई १ सय ७८ रनको विजयी लक्ष्य दिएको छ ।

दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटकाे क्षतिमा १ सय ७७ रन बनाएको थियो ।

रोविन उथप्पा र बेन स्ट्रोक्सले राजस्थानका लागि राम्रो सुरुवात गरेका थिए । उनीहरुले ५.४ ओभरमा ५० रन पुरा गरे । आउट हुनअघि उथप्पाले ४१ तथा स्ट्रोक्सले १५ रन बनाएका थिए ।

यस्तै, तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सञ्जु सामसनले भने आजको खेलमा राम्रो प्रदर्शन गर्न सकेन । उनी मात्र ९ रनमा आउट भाए । राजस्थानका कप्तान स्टेभन स्मिथले सर्वाधिक रन बनाए । उनले ३६ बलमा १ छक्का र ६ चौकाको मद्धतमा ५७ रन बनाए ।

यसैगरी, विकेटकिपर ब्याट्सम्यान जोस बट्लरले २४ तथा राहुल तेवाटियोले नटआउट १९ रनकाे याेगदान दिए ।

बेङ्गलोरका क्रिस मोरिसले ४ तथा युजवेन्द्र चाहरले २ विकेट लिए ।

यसअघि भएको पहिलो चरणको खेलमा राजस्थान बेङ्गलोरसँग ८ विकेटले पराजित भएको थियो ।

समान आठ खेल खेलेको दुवै टोलीमा बेङ्गलोर पाँचमा जित र तीनमा हारसहित १० अंक जोड्दै तेस्रो स्थानमा रहेको छ भने राजस्थान ३ मा जित र पाँचमा हारसँगै ६ अंकसहित तालिकाको सातौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: