भारतीय मिडिया भन्छन्, ‘वीरगञ्जमा बरामद २३ किलो सुन भाजपा नेताका भाइको !’



काठमाडौं । पर्साको वीरगञ्जमा बरामद भएको २३ किलो सुन भारतीय जनता पार्टी (भाजपा)का नेता प्रमोद कुमार सिन्हाका भाइको भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुई भाइ

प्रमोदका भाइ अशोक सिन्हा पर्साको वीरगञ्जमा व्यवसाय गर्दै आइरहेका छन् । प्रमोद बिहारमा आउँदै गरेको चुनावमा उम्मेद्वार बनेका छन् ।

भारतीय चर्चित सञ्चारमाध्यम आजतकले प्रमोदले भाइ अशोकबाट ३ करोड भारतीय रुपैयाँ लिएर चुनावमा उम्मेद्वारी प्राप्त गरेका जनाएको छ ।

बरामद् सुन

प्रहरीले आज २३ किलो सुन र २ किलो भन्दा धेरै चाँदी बरामद गरेको थियो । नेपाल प्रहरीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो ।

यो लिंकमा हेर्नुस् आजतकको समाचार

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: