सामान्यतया मौसम सफा, केही स्थानमा आंशिकदेखि सामान्य बदली, प्रदेश १ मा हल्का वर्षाको सम्भावना



काठमाडौं । आज देशभर उल्लेखनीय मौसमी प्रणाली छैन।

हाल प्रदेश १ का पहाडी भू–भागको मौसममा आंशिकदेखि सामान्य वदली रहेको छ ।

त्यस्तै बाँकी भू–भागको मौसममा आंशिक वदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुको मौसममा आंशिकदेखि सामान्य बदली हुनेछ ।

त्यस्तै अन्य भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ का एक, दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

त्यसैगरी आज राती प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।

देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक, दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: