उदयपुरको कटारीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु



उदयपुर । उदयपुरको कटारीमा गएराति जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते छन् ।

भैरहवाबाट ओखलढुंगा जाँदै गरेको बा २० त ७१७१ नम्बरको स्कोर्पियो राति २ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

मृत्यु हुनेमा ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका–९ का ४५ वर्षीय रामबहादुर सार्की र सोही स्थानका २६ वर्षीय कर्ण सार्की छन्। अन्य ३ जनाको भने सनाखत हुन सकेको छैन ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: