पूर्वमाओवादीहरु झर्ला र खाउँला भन्दै ओलीको चरणमा लम्पसार : डा.बाबुराम भट्टराई



काठमाडौं । जसपा नेता एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पूर्वमाओवादीहरु प्रधानमन्त्री केपी शर्मा ओलीको चरणमा लम्पसार परेको आरोप लगाएका छन् । आज बिहान ट्विटगर्दै उनले ओलीले संघीयताको मर्म र भावनाअनुसार काम नगरे पनि हिजोको माओवादीहरुले झर्ला र खाउँला भन्दै ओलीको चरणमा लम्पसार परेको आरोप लगाए ।

कर्णाली प्रदेशको विवादका विषयमा ओलीले हिजो प्रदेश सरकार भनेको संघको प्रशासनिक युनिट हुन् भनेको प्रति लक्षित गर्दै भट्टराईले बालुवाटार दरबारको आदेशमा प्रदेशको नाम राखिएको आरोप लगाएका छन् । उनले पहिलेका माओवादीले ओलीको कार्यशैलीप्रति फरक मत नराखेकोप्रति व्यंग प्रहार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: