आजदेखि नेपाली सेनाको पृतनापति सम्मेलन



काठमाडौं । नेपाली सेनाले आजदेखि पृतनापति सम्मेलन गर्दैछ । मुलुकको समग्र शान्ति सुरक्षाका साथै कोभिड–१९ प्रतिकार्यमा प्राप्त भइरहेको सफलता, आँकलन र भावी रणनीतिबारे सम्मेलनमा समीक्षा हुने जनाइएको छ ।

६–६ महिनामा नियमित रुपमा हुने यस पटकको तीन दिने उक्त सम्मेलन भर्चुअल माध्यमबाट हुनेछ । नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौडेलका अनुसार, सेनाका आठ पृतनापतिले सम्मेलनका क्रममा तत्‌ तत् स्थानबाट आआफ्ना कार्य क्षेत्रमा भए गरेका उपलब्धि, देखिएका चुनौती र समाधानका लागि चालिनुपर्ने कदमबारे रायसुझावसहितको प्रस्तुतीकरण गर्नेछ ।

पूर्वी कामु पृतनापतिमा सन्तोष ढकाल, मध्यपूर्वी पृतनापतिमा सुरेश कार्की, मध्यपृतनापतिमा ताराध्वज पाण्डे, उपत्यका पृतनापतिमा आनन्दकुमार अधिकारी, पश्चिम पृतनापतिमा गोकुल भण्डारी, मध्यपश्चिम पृतनापतिमा सञ्जय थापा, उत्तरपश्चिम पृतनापतिमा विज्ञानदेव पाण्डे र सुदूरपश्चिम पृतनापतिमा निर्मलकुमार थापा छन्।

उपरथीको नेतृत्वमा रहने सेनाका पृतना इटहरी, धनुषा, हेटौंँडा, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: