नेकपा उपाध्यक्ष गौतम ‘क्वारेन्टीन’मा



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको चालक र सुरक्षाकर्मीमा कोरोना देखिएको छ । सुरक्षाकर्मी र सवारी चालकमा कोरोना देखिएसँगै उपाध्यक्ष गौतम क्वारेन्टीनमा छन् ।

शनिबार चालक र सुरक्षाकर्मीमा कोरोना संक्रमण भएको रिपोर्ट आएको जानकारी दिइएको हो ।

सुरक्षाकर्मी र चालकमा कोरोना संक्रमण देखिएपनि उपाध्यक्ष गौतम र उनका परिवारका सदस्यमा भने कोरोना संक्रमण छैन ।

गौतमको निजी सचिवालयका सदस्यमा पनि कोरोना संक्रमण नदेखिएको बताइएको छ ।

चालक र सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि नेता गौतम होम क्वारेन्टाइनमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: