बर्दियाका ४२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु



नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा बर्दियाका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका वडा नं. ६ बर्दियाका ४२ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार मृतक पुरुषको असोज १४ गतेदेखि उपचार भइरहेको थियो ।

सुरुमा नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुर भर्ना गरिए पनि स्वास्थ्यमा थप समस्या आएपछि भेरी अस्पतालमा रेफर गरिएको थियो । भेरी अस्पतालले मृतकको शव व्यवस्थापनको तयारी भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: