५५ वर्षीया महिला बलात्कारको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ



खलंगा । सल्यानमा एक ५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोप लागेका ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । छत्रेश्वरी गाउँपालिकाकी ५५ वर्षीया बोल्न नसक्ने महिलालाई बलात्कार गरेको आरोप लागेका स्थानीय ७० वर्षीय वृद्ध पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आफन्तले ती महिलालाई शनिबार दिउँसो ती वृद्धले बलात्कार गरेको आरोप लगाएपछि अनुसन्धानका लागि वृद्धलाई घरबाटै पक्राउ गरिएको जिप्रका सल्यानका सूचना अधिकारी लक्ष्मण ओलीले नागरिकखबरलाई जानकारी दिए । ती पुरुषले भने आफूले बलात्कार नगरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: