काठमाडौंको सोह्रखुट्टेमा सबैभन्दा धेरै कोरोना संक्रमित, अन्य ठाउँमा कति ? (सूचीसहित)



काठमाडौं । काठमाडौं उपत्यकाभित्रका स्थानीय तहमध्ये सबैभन्दा धेरै काठमाडौं महानगरपालिकामा कोरोना संक्रमित छन् । महानगरमा अहिलेसम्म १८ हजार ३ सय २० जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

संक्रमितमध्ये ९ हजार ५ सय ३८ जनामा कोरोना निको भएको छ भने १ सय ८ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ७ हजार ४ सय ६५ जना घरमै आइसोलेसनमा बसेका काठमाडौं महानगरपालिकाले जनाएको छ ।

काठमाडौं महानगरमा सबैभन्दा धेरै संक्रमित सोह्रखुट्टेमा रहेका छन् । त्यहाँ १ हजार ४ सय ४० जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै स्वयम्भूमा १ हजार ४ सय ३८ जनामा कोरोना संक्रमण भएको छ ।

कामठाडौंको कलंकी र आसपासको क्षेत्रमा १ हजार ८८ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै काठमाडौंको कोटेश्वर र आसपासको क्षेत्रमा १ हजार ९० जनामा कोरोना संक्रमण भएको महानगरपालिकाले जनाएको छ ।

अन्य ठाउँमा कति ?

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: