‘मार्सी’ उपमा पाएका दुर्गा प्रसाईँले ४ अर्बमा फ्याक्ट्री किनेर ‘मार्सी बियर’ ल्याउँदै « Nagarik Khabar

‘मार्सी’ उपमा पाएका दुर्गा प्रसाईँले ४ अर्बमा फ्याक्ट्री किनेर ‘मार्सी बियर’ ल्याउँदै



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले मार्सी बियर ल्याउने भएका छन् । झापाका प्रसाईँले ४ अर्ब रुपैयाँमा रुपन्देहीको एक फ्याक्ट्री किनेर मार्सी ब्राण्डमा बियर उत्पादन गर्ने तयारी गरेका छन् ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भक्तपुरको ठिमीस्थित घरमै मार्सी चामलको भाग खुवाएपछि उनलाई धेरैले ‘मार्सी’ भनेर सम्बोधन गरेका थिए । त्यसपछि मार्सी चामलले कुनै प्रचार नगरिकन बजार पाएको थियो ।

प्रसाईँले मार्सी चामल मिसाएर बियर उत्पदनका लागि रुपन्देहीको टाइगर ब्रुअरीको बियर फ्याक्ट्री किनेका छन् । उक्त कम्पनीले अहिलेसम्म टेन्सबर्ग बियर बजारमा ल्याएको छ । अब मार्सी ब्राण्डमा थप दुई उत्पादन थपिने भएको छ ।

मार्सी प्रिमियम र मार्सी स्ट्रोङ बियर अब छिट्टै बजारमा आउने भएको छ । क्यानमा पनि मार्सी बियर उपलब्ध हुने प्रसाईँले बताएका छन् ।

प्रसाईँले ७० प्रतिशत जौँ र ३० प्रतिशत मार्सी चामल मिसाएर बियर उत्पादन हुने जानकारी दिए । मार्सी बियरको ट्रेडमार्क दर्ता पनि दर्ता भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: