काठमाडौंको बिजुली बजारबाट कालो चिलको उद्धार « Nagarik Khabar

काठमाडौंको बिजुली बजारबाट कालो चिलको उद्धार



काठमाडौं । काठमाडौंको बिजुली बजारबाट घाइते अवस्थामा रहेको कालो चिललाई उद्धार गरिएको छ ।

बिजुली बजार नजिक बायाँ पखेटामा गहिरो चोट लागि घाइते अवस्थामा फेला परेको कालो चिललाई नागरिकखबर डट कमका फोटो पत्रकार केशब गुरुङले उद्धार गरी उपचारको लागी ललितपुरको जावलाखेलमा रहेको चिडिया घरमा बुझाएका छन् ।

उपचार गरेर निको भएपछि यसलाई छाडिने चिडिया घरका कर्मचारीले बताएका छन् । उक्त चिललाई कसैले गुलेलीले हानेर घाइते बनाएको हुन सक्ने अनुमान गरिएको छ ।

यो चिल काठमाडौं उपत्यकामा धेरै संख्यामा देख्न सकिन्छ । यसको अंग्रेजी नाम ब्ल्याक काइट हो भने साइन्टिफिक नाम मिलवास माइग्रेन्स हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: