दम र मधुमेहबाट पीडित कोरोना सङ्क्रमितकाे मृत्यु « Nagarik Khabar

दम र मधुमेहबाट पीडित कोरोना सङ्क्रमितकाे मृत्यु



पाल्पा । कोरोना सङ्क्रमणबाट पाल्पा वगनासकाली गाउँपालिका– ७ का एक जनाको आज मृत्यु भएको छ । मुत्यु हुनेमा वगनासकाली गाउँपालिका– ७ का ७८ वर्षीय पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रसाद पन्थीका अनुसार यही कात्तिक १ गते उनलाई कोरोना सङ्क्रमण देखिएको थियो ।

लुम्बिनी मेडिकल कलेज तानसेनमा उपचारका क्रममा ती पुरुषको मृत्यु भएको पन्थीले बताए । उनी दम र मधुमेहबाट पीडित थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: