दसैँमा ल्याब बन्द हुँदा पिसिआर परीक्षणमा सास्ती « Nagarik Khabar

दसैँमा ल्याब बन्द हुँदा पिसिआर परीक्षणमा सास्ती



  • सञ्जय श्रेष्ठ

काठमाडौं । दसैँको समयमा अस्पतालहरुले ल्याब बन्दा गर्दा कोरोना परीक्षण गर्नेहरुले सास्ती ब्यर्होनु परिरहेको छ । सरकारी अस्पतालहरुले दसैँको समयमा कार्तिक १२ गतेसम्मको लागि ल्याब बन्द गरेका छन् ।

दसैँको समयमा अस्पतालहरुले ल्याब बन्द गर्दा कोरोना परीक्षण गर्न आउने मानिसहरु अस्पताल आएर त्यतिकै फर्कनु परेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु लगायत सरकारी अस्पतालहरुले कोरोना परीक्षण बन्द गराउँदा धेरै मानिसहरुले समस्या भोग्न परिरहेको छ ।

देशभर सरकारी मान्यता प्राप्त ६४ वटा ल्याबहरुले कोरोना परीक्षण गरिरहेका छन् । जसमा धेरै जसो अस्पतालहरु रहेका छन् । केही निजी ल्याबहरु पनि छन् । दसैँको बीचमा अधिकांश सरकारी अस्पतालहरुको ल्याब बन्द रहेको छ ।

दसैँको समयमा अस्पतालहरुले ल्याब बन्द गरे पनि केही निजी ल्याबहरुले भने सञ्चालन गरिरहेका छन् । निजी ल्याबमा परीक्षण गराउन नसक्नेहरुले कोरोना परीक्षण गराएका छैनन् ।

त्यसैले दसैँकोे पछिल्लो दिनमा कोरोना संक्रमित हुनेको संख्या ह्वात्तै घटेको छ । अस्पतालले ल्याब बन्द गराएपछि धेरै मानिसहरुले स्वास्थ्यमा समस्या देखिए पनि परीक्षण गर्न पाएका छैनन् ।

सरकारी अस्पतालहरुमा सरकारले निःशुल्क परीक्षण गर्ने भएको कारण पनि धेरै मानिसहरु सरकारी अस्पतालहरुमा परीक्षण गराउन कुरिरहेका छन् ।
ल्याब बन्द गरेपछि संक्रमण घटे पनि अस्पतालहरुले ल्याब खोलेपछि भने अकल्पनीय रुपमा संक्रमण बढ्न सक्ने जनस्वास्थ्य विज्ञहरुले बताएका छन् ।

दसैँ जस्तो पर्वहरुमा मानिसहरुले स्वास्थ्य मापदण्डको पालना कम गरेका कारण कोरोना संक्रमणको दर धेरै हुने अनुमान विज्ञहरुले गरेका छन् ।
सरकारले ७ वटा वर्गको मानिसलाई कोरोना परीक्षण तथा उपचार निःशुल्क गर्ने घोषणा गरेको छ ।

यद्यपि प्रधानमन्त्रीले भने सबै कोरोना संक्रमितको उपचार सरकारले गर्ने बताइरहेका छन् । सरकार बोल्दा एउटा बोल्ने र व्यवहारमा अर्कै गर्ने कारण अहिले कोरोना संक्रमित र कोरोना परीक्षण गर्न नपाउनेहरुले सास्ती ब्यहोर्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: