मात्र १४० रुपैयाँमा घर किन्न पाइन्छ « Nagarik Khabar

मात्र १४० रुपैयाँमा घर किन्न पाइन्छ



एजेन्सी । आफ्नै स्वामित्वको राम्रो घर होस भन्ने हरेकको चाहना हुन्छ । तर सबैका चाहना पुरा हुन सक्दैन । किनकी घर बनाउन वा किन्न धेरै ठूलो मुल्य चुकाउनु पर्छ ।

कतिपयले आफ्नो जीवनभरको कमाई पनि घरका लागि खर्च गर्छन । तर इटलीको सिसिली द्वीपमा एउटा घर किन्न १४० रुपैयाँ तिरे पुग्छ । यद्यपी यहाँ कोही पनि बस्न चाहंदैनन् ।

सिसिली द्वीपको सलेमी शहरमा एउटा घर किन्नका लागि केवल १ युरो तिरे पुग्छ । यो एक ऐतिहासिक शहर हो । जहाँ १६औं शताब्दीमा बनेका घरहरु पनि छन ।

यो शहरलाई सन १९६८ मा आएको भूकम्पले निकै धेरै क्षति पुर्याएको थियो । समाचार अनुसार पछिल्ला केही बर्षदेखि यो शहरले बसाई सराईको मार खेप्दै आएको छ ।

सडक, बिद्युत, खानेपानी, ढललगायतका सबै सुविधाहरु उपलब्ध भएपनि यहाँका मानिसहरु यो सलेमी शहरलाई छाडेर अन्तै बसाई सर्दैछन ।

यस शहरका मेयर डोमेनिको भेनुटीका अनुसार यो शहरमा पुनः आबादी बढाउनका लागि कम मुल्यमा घर बेच्न लागिएको हो ।

उनका अनुसार सरकारले यो शहरमा पुनः आवादी बढाउने योजना केही बर्षअघिदेखि कार्यान्वयन गर्दै आएको छ ।

यसबीचमा कोरोना महामारीले पनि योजना कार्यान्वयनमा समस्या उत्पन्न गराएको छ । मेयर भेनुटीले बताए अनुसार सबै घरहरु सिटी काउन्सिलको भएकाले खरिद विक्रीमा कुनै झमेला हुँदैन ।

सन २०१८ मा पनि ईटलीको ओलोलि शहरमा १३४ रुपैयाँमा घर विक्री गरिएको सिएनएनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: