ललितपुर महानगरमा करिब ५ हजार काेराेना संक्रमित, ३३ जनाको मृत्यु (सूचीसहित) « Nagarik Khabar

ललितपुर महानगरमा करिब ५ हजार काेराेना संक्रमित, ३३ जनाको मृत्यु (सूचीसहित)



काठमाडौं । ललितपुर महानगरमा ४ हजार ९ सय २६ जना कोरोना संक्रमित भएका छन् । ललितपुरको स्थानीय तहमा कोरोनाबाट सबैभन्दा बढी महानगरमा संक्रमित तथा मृत्यु भएको छ ।

महानगर भित्र २ हजार १ सय ९१ जना महिला संक्रमित भएका छन् । त्यस्तै २ हजार ७ सय ३५ जना पुरुष कोरोना संक्रमित भएका छन् । महानगरमा अहिलेसम्म ३३ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।

महानगरमा ३ हजार २ सय ४४ जनाले कोरोना जितेका छन् । अहिले महानगरमा १ हजार ६ सय ४९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १ हजार ५ सय ८३ जना होम आइसोलेसनमा रहेका छन् भने ६६ जना अस्पतालको आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: