काठमाडौंमा कोरोना : १७७ जनाको मृत्यु, ३१,९१३ जना संक्रमित (सूचीसहित) « Nagarik Khabar

काठमाडौंमा कोरोना : १७७ जनाको मृत्यु, ३१,९१३ जना संक्रमित (सूचीसहित)



  • सञ्जय श्रेष्ठ

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको हटस्पट जिल्ला काठमाडौं बनेको छ । देशभर दैनिक कोरोना संक्रमण भएको संख्याको झण्डै आधा संख्या काठमाडौंको रहने गरेको छ ।

काठमाडौं जिल्लामा अहिलेसम्म ३१ हजार ९ सय १३ जना कोरोना संक्रमित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंकाअनुसार काठमाडौंको ११ वटा स्थानीय तहको संक्रमितको संख्या यति धेरै भएको हो ।

काठमाडौंका स्थानीय तहमध्ये काठमाडौं महानगरपालिका सबैभन्दा बढी संक्रमित र मृत्यु भएको स्थानीय तह हो । काठमाडौंमा अहिलेसम्म कोरोनाका कारण १ सय ७७ जनाले ज्यान गुमाइसकेका छन् । जसमा १ सय २१ जना त काठमाडौं महानगरका मात्र रहेका छन् ।

जिल्लामा ५४ हजार ४ सय ४८ जनाको स्वाब परीक्षण गर्दा आधाभन्दा बढी संख्यामा कोरोना संक्रमित भेटिएको हो । काठमाडौं जिल्लामा अहिले १३ हजार २ सय ४४ सक्रिय संक्रमित रहेका छन् ।

जिल्लामा १ हजार ३ सय ७३ जना कोरोना संक्रमित सम्पर्कविहीन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: