युट्युबरलाई रिस उठेपछि जलाए आफ्नो मर्सिडिज कार, भिडियो भाइरल (भिडियोसहित) « Nagarik Khabar

युट्युबरलाई रिस उठेपछि जलाए आफ्नो मर्सिडिज कार, भिडियो भाइरल (भिडियोसहित)



एजेन्सी । प्राय: मानिसको सपना हुन्छ, मर्सिडिज कारमा ड्राइभ गर्ने । धेरै महँगो मूल्य भएकाले यो लक्जरी कार किन्नु सबैको आर्थिक अवस्थाले धान्न सक्ने कुरा पनि भएन । तर, एक यस्ता व्यक्ति अहिले सामाजिक सञ्जालमा चर्चित भएका छन्, जसले आफ्नो मर्सिडिज कार जलाएका छन् ।

रुसका चर्चित युट्युबर मिखाइल लिटविनले आफ्नो मर्सिडिज कार जलाएका हुन् । आफूले जम्मा १५ हजार किलोमिटर मात्रै चलाएको नयाँ ‘मर्सिडीज–एएमजिजी ६३’ कार पटक पटक बिग्रिएको भन्दै उनले जलाएका हुन् ।

द गार्डियनको एक रिपोर्टअनुसार, मिखाइल लिटविनले आफूले खरिद गरेसँगै उक्त कारलाई पटक पटक मर्मत गराउनु परेको थियो । तर, कारले खास राम्रो प्रस्तुति दिइरहेको थिएन ।

जसबाट आजित भएका उनले आफ्नो कारलाई आफैले जलाएका छन् । उनले आफ्नो कार जल्दै गरेको भिडियो पनि बनाएका छन् । जसलाई उनले आफ्नो युट्युबमार्फत सार्वजनिक गरेका छन् ।

भिडियोमा मिखाइलले कार खुला मैदानमा पार्क गरेको देखिएको छ । त्यसपछि, उनले आफूसँग भएको तेललाई कारका साथै त्यसको वरिपरि रहेको घाँसमा समेत छर्किएर आगो लगाएका छन् । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: