कोरोनाबाट पछिल्लो २४ घन्टामा १६ जनाको मृत्यु « Nagarik Khabar

कोरोनाबाट पछिल्लो २४ घन्टामा १६ जनाको मृत्यु



काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या सरदर बढ्न थालेको छ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १६ जनाको मृत्यु भएको छ ।

नेपालमा अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय २० पुगेको छ । पछिल्लो २४ घन्टामा ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ३ हजार ५ सय १७ जनासहित देशभर संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ । संक्रमितमध्ये १ लाख २८ हजार ९ सय ५८ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: