राति ढिला घर आउँदै थिइन छोरी, पिताले चोर सम्झिएर चलाए गोली « Nagarik Khabar

राति ढिला घर आउँदै थिइन छोरी, पिताले चोर सम्झिएर चलाए गोली



एजेन्सी । बन्दुकको सजीलो उपलब्धताका कारण अमेरिकामा धेरै विवादहरू भइरहेको छ । अमेरिकामा यस्तो धेरै घटनाहरू भएको छ जहाँ मानिसहरूले भीडभाड भएका क्षेत्रमा खुला तथा सामूहिक गोलाबारीहरू गरेका छन् ।

अमेरिकी नीतिका कारण धेरै मानिसहरूले आफ्नो ज्यान गुमाएका छन् । यसैबीच त्यहाँ एक बाबुले आफ्नो १५ वर्षीया सौतेली छोरीलाई गोली हानेका छन् । गोली प्रहारबाट बालिका गम्भीर घाइते भएकी छन् ।

जेफरसन काउन्टी शेरिफ अफिसकाअनुसार घटना राति सवा दुई बजेतिर भएको थियो । अधिकारीकाअनुसार घरभित्र रहेका अभिभावकहरूले ग्यारेजको ढोका खोलेको सुने । यसपछि बालिकाको बाबुले चोर सम्झेर अध्यारोमा गोली प्रहार गरेको बयान दिएका छन् ।

घाइते भएकी बालिकालाई बाल अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । यसअघि सन् २०१२ मा पनि एक बन्दुकधारीले न्यू टाउनको एक स्कूलमा २० बच्चाहरूलाई मारेका थिए ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: