काेराेनाका कारण सामुहिक रूपमा रून नपाएकाकाे भर्चुअल रूवाइ « Nagarik Khabar

काेराेनाका कारण सामुहिक रूपमा रून नपाएकाकाे भर्चुअल रूवाइ



एजेन्सी । उत्तर अमेरिकी मुलुक मेक्सिकोमा हरेक वर्ष नोभेम्बर १ का दिन मृत दिवस (The Day of the Dead) मनाइने गरिन्छ । यो दिन मानिसहरु आफ्ना पूर्वजहरुको चिहानमा जान्छन् । उनीहरुका मन पर्ने बस्तुहरुले चिहान सजाउने गर्दछन् । उनीहरु चिहानमा रुने गर्दछन् । सामुहिक रुपमा उत्सव मनाउँदछन् ।

यो वर्ष कोरोना महामारीका कारण सबै चिहानहरु बन्द छन् । सार्वजनिक रुपमा उत्सव मनाउन बन्देज लगाइएको छ । यसैकारण उनीहरुले आफ्नो मन हल्का गर्न पाएनन् । उनीहरुलाई आफन्तको मृत्युको उत्सव मनाउने मौका नै मिनेन । तर, सेन जुअन डेल रियो सहरले हरेक वर्ष हुने रुने प्रतियोगितालाई जारी नै राख्यो ।

हरेक वर्ष यो प्रतियोगिताको प्रत्यक्ष प्रशारण हुने गर्दथ्यो । यो पटक भर्चुअल आयोजना भयो । इमेलबाट २–२ मिनेटको भिडियो पठाउनु पर्ने प्रावधान थियो । यो वर्ष आश्चर्यजनक रुपमा गतवर्ष भन्दा दुई गुना बढी यस्ता भिडियोहरु प्राप्त भए । सर्वश्रेष्ठ रुने व्यक्ति चुन्ने परम्परा साधारणतयाः प्राचिन परम्पराको सम्मान हो जसमा कोही आफन्तको मृत्युमा रुनका लागि भाडामा महिलाहरु बोलाइने गरिन्थ्यो ।

रुनेहरूको यो प्रतियोगिताको पहिलो पुरस्कार क्यालिफोर्नियाकी प्रिन्सेस केटलिना चावेजले जितेकी थिइन् । पेसाले अभिनेत्री समेत रहेकी चावेज कहिल्यै रोइनन् तर यो वर्ष उनी धेरै नै रुनु पर्यो । उनी भन्छिन्, ‘कोरोनाले गर्दा म रुन बाध्य भएँ ।’ उनले एक अज्ञात चिहानको छेउमा बसेर रोएको भिडियो बनाइन् । उनले यसका लागि अनुमति पनि लिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: