यम बरालको स्वरमा ‘तिम्रो लागि जवानी ताजा ताजा छ’ (भिडियो) « Nagarik Khabar

यम बरालको स्वरमा ‘तिम्रो लागि जवानी ताजा ताजा छ’ (भिडियो)



काठमाडौँ । गायक यम बरालको स्वरमा गायिक उर्मिला लाम्गादेले ‘तिम्रो लागि जवानी ताजा ताजा छ’ गीत सार्वजनिक गरेकी छन ।

पछिल्लो समय अमेरिका बस्दै आएका गायक यम बराल र उर्मिला लाम्गादेले अमेरिकाबाटै गाएका छन ‘माया हाम्रो बीचैमा साझा साझा छ, तिम्रो लागि जवानी ताजा ताजा छ… ।

गायिका लाम्गादेले सो गीत तिहारको लक्ष्मी पुजाको दिनमा अमेरिका र नेपालबाट एकैसाथ सार्वजनिक गरेकी हुन ।

गीतमा आनन्द अधिकारीको शब्द र शिशिर सन्तोषको संगीत रहेको छ । नायक नाजिर हुसेन र मोडल उषा उप्रेतीको अभिनय रहेको छ ।

पछिल्लो समय अमेरिका बस्दै आएकी गायिका लाम्गादेले आधा दर्जन संख्यामा गीतहरु सार्वजनिक गरेका छन्, उनी पनि हाल अमेरिकामै बस्दै आएकी छन ।

गायक बरालले गीत निक्कै राम्रो भएको प्रतिक्रिया दिएका छन । बिदेशमा बसे पनि आफुले संगीत र नेपाललाई बिर्सन र छोड्न नसक्ने उनले बताए ।

आफु सांगितिक यात्रामै रहेको र यात्राकै क्रममा उर्मिला लाम्गादेसँग नयाँ कोसेली ल्याएको बरालको भनाइ । लाम्गादेले पनि गीत आशालाग्दो बनेको भन्दै खुुसी व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: