नविन पौडेलको भ्रष्टाचारविरुद्धको गीत ‘लेउ खुकुरी लेउ’ « Nagarik Khabar

नविन पौडेलको भ्रष्टाचारविरुद्धको गीत ‘लेउ खुकुरी लेउ’



काठमाडौं । लोकदोहोरी गायक नविन पौडेलले भ्रष्टाचारविरुद्धको गीत ‘लेउ खुकुरी लेउ’ गीत ल्याएका छन् । दसैँ र तिहारको अवसर पारेर जनचेतनामुलक गीत ल्याएको पौडेलले जानकारी दिएका छन् ।

गायक पौडेलको आफ्नै शब्द, संगीत र आवाज रहेको गीतमा प्रसाद खप्तरी मगर, प्रिन्स अबिरल, चन्द्रीका ओझा, सपना सुनाम, सुनिता सुनेल लगायत कलाकारले स्वरमा साथ दिएका छन् ।

मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतमा केशव बडुको संगीत संयोजन रहेको छ । गायक पौडेलको आफ्नै युट्यूब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरेका छन् ।

भिडियोमा गायक नविन पौडेल, विष्णु भट्टराई, करन तुलाचन, परि शर्मा, गिता केसी, यमुना अर्याल, कल्पना पाण्डे, सगुन शर्मा, पुश्पा बराल, क्रृष्ण बास्तोला, स्वीक्रृती पौडेल, तेजु अर्याल, नकुल लेकाली लगायतले देशको राष्ट्रिय झण्डा र खुकुरीको साथमा अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: