माधव नेपालसँग ओलीले भने, ‘मैले अब एक्स्ट्रिम कदम चाल्न सक्छु, बैठकमा म जान्न’ « Nagarik Khabar

माधव नेपालसँग ओलीले भने, ‘मैले अब एक्स्ट्रिम कदम चाल्न सक्छु, बैठकमा म जान्न’



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूले एक्स्ट्रिम कदम चाल्ने चेतावनी दिएका छन् । पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालसँगको भेटवार्तामा ओलीले एक्स्ट्रिम कदम चाल्ने चेतावनी दिएका हुन् ।

प्रचण्डले सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्ताव तत्काल फिर्ता नलिएमा आफू बैठकमा उपस्थित नहुने र एक्स्ट्रिम कदम चाल्ने चेतावनी दिएका वरिष्ठ नेता नेपालले आफू निकट नेताहरुलाई बताएका छन् ।

कार्यकारी अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले बैठकमा प्रस्तुत गरेको प्रस्ताव आफूमाथिको झूठा आरोप भएको भन्दै ओलीले झूठा आरोपको जवाफ नदिने र बैठकमा पनि सहभागी नहुने नेपाललाई भनेका छन् । महासचिव विष्णु पौडेललाई साक्षी राखेर ओलीले आफूमाथिको आरोप फिर्ता नगरेमा अर्को कुनै कदम चाल्ने र अवस्था थप भयावह हुने चेतावनी ओलीले दिएका नेपालले बताएका छन् ।

वरिष्ठ नेता नेपालले बैठकबाट खण्डन गर्न आग्रह गरेका थिए । झण्डै तीनघन्टासम्म चलेको भेटवार्तामा अधिकांश समय प्रचण्डको आलोचनामा ओलीले समय खचिएका थिए । प्रचण्डसँग सँगै हिँड्न नसकिने निष्कर्ष निकालेर ओलीले आफूलाई सहयोगका लागि आग्रह गरेको नेपालले आफू निकटका नेतालाई बताएका छन् ।

आज नै ओलीले उपाध्यक्ष गौतमलाई छुट्टै भेटेर सहयोग गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: