बरिष्ठ पत्रकारले भने, प्रचण्डकाे प्रतिवेदनले ओलीको नैतिक धरातल खुस्कियाे « Nagarik Khabar

बरिष्ठ पत्रकारले भने, प्रचण्डकाे प्रतिवेदनले ओलीको नैतिक धरातल खुस्कियाे



काठमाडौं । बरिष्ठ पत्रकार किशोर नेपालले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय पेश गरेको राजनीतिक प्रतिवेदनले प्रधानमन्त्री केपी शर्मा ओलीको नैतिक धरातल खुस्केको बताएका छन् ।

पत्रकार नेपालले आज साँझ ट्वीट गर्दै भनेका छन्, ‘सरल भाषा, कठोर अभिव्यक्ति । पढ्दा सलल बहेको गद्य । रोचक शैली । कम्युनिष्ट जार्गोनको प्रयोग नगण्य । प्रचण्डले नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा आफ्नो कुरा बडो स्पष्टताका साथ राखिदिएका छन् ।’

प्रतिवेदनले केपी शर्मा ओलीको नैतिक धरातल खुस्किएकाे बताउँदै अब केही हुन्छकी भनी जिज्ञासा राखेका छन् । उनी अगाडि लेख्छन्, ‘पोष्टस्क्रिप्ट– के भन्छन् प्रचण्ड ? मानसिक पीडा र अपमानको भरपाइत हुँदैन क्यारे !’

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: