नेपालगञ्जस्थित कपास गोदाममा आगलागी « Nagarik Khabar

नेपालगञ्जस्थित कपास गोदाममा आगलागी



बाँके । नेपालगन्जको बिपी चोकस्थित एक कपास गोदाममा भीषण आगलागी भएको छ ।

बिपि चोकस्थित मोहम्मद हुसेनद्वारा संचालित न्यु स्टार सिरक सप्लायर्सको कपास गोदाममा आगलागी भएको हो ।

राती ८ बजेदेखि लागेको आगो नियन्त्रण गर्न अहिले नेपालगन्ज उपमहानगरपालिका र नेपालगन्ज विमानस्थलको गरी दुईवटा दमकलले प्रयास गरिरहेका छन ।

आगलागी नियन्त्रणका लागि बाँकेका प्रजिअ रामबहादुर कुरुम्बाङ, प्रहरी उपरीक्षक ओमबहादुर राना, नेपाली सेनाका कर्नेल नकुल थापा आफै उपस्थित भएर आगो नियन्त्रणका लागि प्रयास गरिरहेका छन् ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयले आगो नियन्त्रणका लागि प्रयास गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: