कोरोना संक्रमणबाट वरिष्ठ मुटुरोग विशेषज्ञ डा.सुनिल झाको मृत्यु « Nagarik Khabar

कोरोना संक्रमणबाट वरिष्ठ मुटुरोग विशेषज्ञ डा.सुनिल झाको मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट वरिष्ठ मुटुरोग विशेषज्ञ डा.सुनिल झाको मृत्यु भएको छ । चिकित्साशास्त्र अध्ययन संस्थानमा कार्यरत प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा. झाको सोमबार मृत्यु भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत डा. झालाई तीन हप्तादेखि त्रिवि शिक्षण अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । तर, सबै प्रकारका विधिको प्रयोगबाट उपचारको प्रयास गरे पनि सोमबार झाको मृत्यु भएको छ ।

मधुमेह र पार्किन्सन्सकोसमेत समस्या भएका डा.झालाई सुरुमा नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनलाई त्रिवि शिक्षण अस्पताल रेफर गरिएको थियो । रेमडिसिभिर, प्लाज्माथेरापीलगायतका विधिबाट उपचार गरिएको थियो ।

परिवारका अन्य सदस्यमा पनि कोरोना संक्रमण भएको थियो । परिवारका अन्य सदस्य भने कोरोना मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: