नेकपा सचिवालय बैठक सकियो : अबको सचिवालय बैठकमा ओलीले पनि प्रस्ताव ल्याउने ! « Nagarik Khabar

नेकपा सचिवालय बैठक सकियो : अबको सचिवालय बैठकमा ओलीले पनि प्रस्ताव ल्याउने !



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला बसेको बैठक केहीबेरअघि सकिएको हो ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले बैठकमा प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टीमा आफूले पनि अर्को प्रस्ताव पेश गर्ने बताएपछि नेकपा सचिवालय बैठक १३ गते बस्नेगरी स्थगित भएको जानकारी दिए ।

१३ गते बस्ने बैठकमा ओलीले अर्को प्रस्ताव पेश गर्नेछन् । केन्द्रीय समितिको पूर्वनिर्धारित बैठक मंसिर १५ बाट सारेर २५ गतेका लागि लगिएको छ ।

१८ गतेलाई स्थायी कमिटी बैठक बोलाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: