२९ वर्षपछि ठूलो पर्दामा फर्किदै “टम एण्ड जेरी”, हेर्नुहोस् धमाकेदार ट्रेलर « Nagarik Khabar

२९ वर्षपछि ठूलो पर्दामा फर्किदै “टम एण्ड जेरी”, हेर्नुहोस् धमाकेदार ट्रेलर



एजेन्सी । संसारभर प्रसिद्ध कमेडी कार्टुन “टम एण्ड जेरी” २९ वर्षपछि ठूलो पर्दामा आउने भएको छ । कमेडी कार्टुन मनपराउनेहरुका लागि यो खुसीको कुरा हो । एक पटक फेरि यो कार्टुन फर्किएको छ । ९० को दशकमा “टम एण्ड जेरी” हरेक बालबालिकाको मनपर्दाे कार्टुन थियो । “टम एण्ड जेरी” एक नयाँ रुपमा दर्शक सामु आउन लागेको हो ।

प्हिले टिभीमा आउने यो कार्टुन अब फिल्मको रुपमा ठूला पर्दामा आउने भएपछि यसका दर्शकमा खुसी छाएको छ । सामाजिक सञ्जालमा “टम एण्ड जेरी” मा बनेको फिल्मको ट्रेलर भाइरल भइरहेको छ । यसपटक कार्टुनका यी दुई पात्रको उही पुराना हास्य प्रतिस्पर्धा देख्न पाइने भएको छ ।

यो पटक टम र जेरी कुनै घरमा नभइ होटलमा मानिसहरुका बीच उत्पात मच्चाउँदै आउने भएका छन् । ट्रेलरमा एक विवाहको दृष्य देखाइएको छ । विवाहको तयारी भइरहेको छ । यस ट्रेलरमा मानिसहरुले धेरै प्रकारका प्रतिक्रिया दिएका छन् ।

टिम स्टोरीको निर्देशनमा बनेको यो एनिमेटेड एक्शन कमेडी फिल्म “टम एण्ड जेरी–५” मार्च २०२१ म फिल्म हलहरुका पर्दामा देखिने छ । २९ वर्ष पछि दर्शकहरुले टम र जेरीका बीचको द्वन्द्व ठूलो पर्दामा यो मौका नगुमाउने निर्माण पक्षको दाबी रहेको छ । योभन्दा पहिले सन् १९९२ मा “टम एण्ड जेरी–द मुभी” शीर्षकमा फिल्म हलहरुमा लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: