यी हुन् यस वर्षका सबैभन्दा कमजोर २० पासवर्ड, यिनलाई खोल्न एक सेकेण्ड पनि नलाग्ने « Nagarik Khabar

यी हुन् यस वर्षका सबैभन्दा कमजोर २० पासवर्ड, यिनलाई खोल्न एक सेकेण्ड पनि नलाग्ने



एजेन्सी । हरेक वर्ष संसारभरका कमजोर पासवर्डको लिस्ट निकालिने गरिएको छ । यो लिस्टमा धेरै नै कमजोर पासवर्ड हुने गर्दछन्, तिनलाई खोल्न एक सेकेण्ड पनि लाग्दैन । पासवर्ड मेनेजर सोल्युशन दिने निकाय NordPass ले सन् २०२० का सबैभन्दा खराब पासवर्डहरुको लिस्ट जारी गरेको छ । यसका अनुसार सबैभन्दा लोकप्रिय पासवर्ड 123456 र 123456789 रहेको छ । यसमध्ये धेरै पासवर्ड एक सेकेण्डभन्दा पनि कम समयमा खोल्न सकिन्छ ।

123456 का अतिरिक्त यो लिस्टमा picture1, password र 12345678 धेरै कमजोर र खराब पासवर्डमा सामेल छन् । ल्यचमएबकक प्रत्येक वर्ष कमजोर पासर्वडको लिस्ट जारी गर्ने गर्छ ।
ल्यचमएबकक ले सन् २०२० का २०० यस्ता पासवर्डको लिस्ट सार्वजनिक गरेको छ जो सबैभन्दा मिल्दा छन् ।

हरेक वर्ष साइबर हमलाका बेला करोडौं पासवर्ड चोरी हुने गर्दछन् र हरेक पटक आफ्ना पासवर्डलाई मजबुत बनाउन सल्लाह दिने पनि गरिन्छ । यसका बाबजुद मानिसहरु धेरै नै सामान्य र कमजोर पासवर्ड राख्ने गल्ति गर्दछन् ।

यो लिस्टमा टप ५ मा 123456, 123456789, picture1, password र 12345678 छन् । यस पछि 123123, 1234567890  र senha जस्ता पासवर्ड छन् । यस लिस्टमा त्यसो त २०० मिल्दा पासवर्ड छन् । तर, २० नम्बरसम्मका पासवर्डहरु धेरै नै कमजोर छन् । यस पछि पनि यस्ता कमजोर पासवर्ड छन् जसलाई सजिलै ह्याक गर्न सकिन्छ ।

सन् २०१९ मा यस्तै प्रकारका पासवर्डहरु लिस्टमा आएका थिए र यस वर्ष प्रयोग गरिएका पासवर्डहरु पनि पछिल्ला वर्षका जस्तै रहेका पाइएको छ । त्यसो त केही पासवर्ड परिवर्तन भएका छन् तर ती पनि ह्याकर सजिलै ह्याक गर्न सक्दछन् ।

यदि तपाई पनि यसरी नै २०० को लिस्टमा रहेका पासवर्डहरु प्रयोग गरिरहनु भएको छ भने तपाई पनि ह्याकरको शिकार हुन सक्नुहुन्छ । पासवर्ड राख्दा मिक्स क्यारेक्टरको प्रयोग गर्नुहोस् । अपर केस, लोअर केस, स्पेशल क्यारेक्टर्सलाई मिलाएर र्याण्डम पासवर्ड बनाउनुहोस् । गतिलो पासवर्डका लागि पासवर्ड जेनेरेटर टुलको प्रयोग पनि गर्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: