२२ बर्षे युवकका ३ श्रीमती, तीनैजना मिलेर चौथो सौताको खोजी गर्दै « Nagarik Khabar

२२ बर्षे युवकका ३ श्रीमती, तीनैजना मिलेर चौथो सौताको खोजी गर्दै



एजेन्सी । उमेर मात्रै २२ बर्ष । तर बिहे भैसक्यो । एउटीसंग हैन, तीन तीन वटीसंग । यस्तो सुन्दा हामी सबैलाई अपत्यारिलो र अचम्म लाग्नु स्वभाविकै हो । तर यो सत्य हो । पाकिस्तानका एक २२ बर्षीय युवकले अहिलेसम्म ३ वटी महिलाहरुसंग विहे गरेका हुन ।

उनका ३ वटै श्रीमतीहरु उनीसंगै छन । सबैजना हाँसीखुसीका साथ एउटै परिवारमा मिलेर बसेका छन । पाकिस्तानको सियालकोटका यी युवकको नाम हो – अदनान । कुरा यति मात्रै हैन । अदनानका ३ वटै श्रीमतीहरु मिलेर पुनः चौथो श्रीमतीको खोजी गर्दैछन ।

त्यसो त, मुस्लिसम समुदायमा बहुविवाह कुनै नौलो विषय हैन, तर अघिल्ला श्रीमतीहरुले नै मिलेर चौथो श्रीमतीको खोजी गरिएको यो सन्दर्भ निकै अचम्म लाग्दो विषय हो ।

अदनानको पहिलो विहे उनी १६ बर्षको हुँदा भएको थियो । दोस्रो विहे २० बर्षको उमेरमा भएको थियो भने तेस्रो बिहे अघिल्लो बर्ष अर्थात २१ बर्षको उमेरमा भएको थियो ।

अदनानको पहिलो श्रीमतीको नाम शुंभाल हो । त्यस्तै दोस्रो श्रीमतीको नाम शुबाना हो भने तेस्रो श्रीमतीको नाम शाहिदा हो ।

अदनानका पहिलो र दोस्रो श्रीमतीहरुबाट ५ सन्तानहरु पनि जन्मिसकेका छन । पहिलो श्रीमती शुंभालबाट ३ सन्तान छन भने दोस्रो श्रीमती शुबानाबाट दुई सन्तान जन्मिएका छन । माइली श्रीमती शुबानाको एक सन्तानलाई कान्छी श्रीमती शाहिदाले आफ्नै सन्तान बनाउने घोषणा गर्दै आफैसंग राखेकी छिन ।

२२ बर्षे अदनानका तीन वटै श्रीमतीहरुलाई एउटा गहिरो मान्यताले जकडेको छ । धेरै श्रीमती हुँदा घरमा खुसीयाली हुन्छ भन्ने मान्यता उनीहरुको दिल दिमागमा छाएको हो । त्यसैले उनीहरुले अब आफ्ना पतिका लागी चौथो श्रीमतीको खोजी गरेका हुन ।

अर्को अचम्म लाग्ने तथ्य के छ भने अदनानका तीनवटै श्रीमतीहरु शुंभाल, शुबाना र शाहिदाले खोजी गरिरहेको चौथो सौताको नाम पनि अंग्रेजीको एस अक्षरबाटै शुरु हुनु पर्छ ।

परिवारमा खुसी हाँसो पर्याप्त रहेको भनिए पनि तीनवटै श्रीमतीहरुका एउटै साझा गुनासो छ । त्यो के भने, अदनानले आफुहरुलाई पर्याप्त समय दिंदैनन् ।

अदनानका तीनवटै श्रीमतीहरुले उनलाई बराबर माया गर्छन । बालबाच्चाहरुको ख्याल राख्छन । घरका सबै काम एक आपसमा मिलेर गर्छन ।

अदनान पनि तीनैजना श्रीमतीहरुलाई बराबर माया गर्छन । अदनानको घरखर्च मासिक डेढ लाख पाकिस्तानी रुपैयाँ हुने गल्फ टुडेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: