दिल्लीमा मात्रै एकैदिनमा ११८ जनाको मृत्यु « Nagarik Khabar

दिल्लीमा मात्रै एकैदिनमा ११८ जनाको मृत्यु



नयाँदिल्ली । भारतको केन्द्रीय राजधानी रहेको दिल्लीमा मात्रै कोरोना भाइरसबाट एकैदिनमा कम्तीमा १ सय १८ जनाको मृत्यु भएको छ । दिल्ली प्रदेश सरकारले प्रकाशित गरेको स्वास्थ्य बुलेटिनमा दिल्लीमा मात्रै कुल आठ हजार १ सय ५९ जनाको मृत्यु भएको उल्लेख गरिएको छ ।

सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार दिल्लीमा कोरोनाका कारण अहिलेसम्म संक्रमित भएकाहरुको कुल संख्या पाँच लाख १७ लाख २ सय ३८ पुगेको छ । पछिल्लो २४ घन्टामा कुल संक्रमितको संख्या भने छ हजार ६ सय ८ रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

कुल संक्रमित मध्ये अहिलेसम्म चार लाख ६८ हजार १ सय ४३ जना संक्रमणमुक्त भएका छन् । ती मध्ये पछिल्लो २४ घन्टामा आठ हजार ७ सय ७५ जना संक्रमणमुक्त भएका हुन् । भारतको केन्द्रीय राजधानीमा अहिले पनि ४० हजार ९ सय ३६ जना संक्रमित अवस्थामै रहेका छन् ।

दिल्ली स्वास्थ्य विभागले पछिल्लो २४ घन्टामा ६२ हजार ४ सय २५ जनाको कोरोना परिक्षण गरिएको पनि जानकारी दिएको छ । भारतको दिल्लीमा केही समययता कोरोना भाइरसको संक्रमण न्युन देखिएपनि अहिले पछिल्लो समयमा फेरी वृद्धि भएको छ ।

तिव्र रुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रणका लागि घर घरमा सर्वेक्षण तथा परिक्षण गर्ने क्रमलाई पनि तिव्रता दिएको अधिकारीहरुले बताएका छन् । त्यसैगरी सार्वजनिक स्थलमा रहेका बेला मास्क नलगाउनेहरुलाई दुई हजार जरिवाना तिराउने निर्णय पनि प्रदेश सरकारले गरेको छ । यसअघि पाँच सय रुपैया मात्रै रहेको जरिवानालाई एकाएक वृद्धि गरेर दुई हजार बनाइएको हो ।

त्यस बाहेक अन्य पनि धेरै प्रयासहरु भइरहेको मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: