काठमाडौंको कोटेश्वरबाट ‘विप्लव’ नेकपाका तीन विद्यार्थी नेता पक्राउ « Nagarik Khabar

काठमाडौंको कोटेश्वरबाट ‘विप्लव’ नेकपाका तीन विद्यार्थी नेता पक्राउ



काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीन विद्यार्थी नेता पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शुक्रबार राति उनीहरुलाई पक्राउ गरेको जनाएको छ । उनीहरुको भूमिका भने खुलाइएको छैन ।

परिसरका प्रहरी उपरीक्षक तथा प्रवक्ता सोमेन्द्र सिंह राठौरका अनुसार पक्राउ पर्नेहरुमा कैलाली टिकापुर–३ घर भएका २४ वर्षीय मेगेन्द्र न्यौपाने, कालिकोट पञ्चालझर्ना गाउँपालिका–४ घर भएका २५ वर्षीय हंशराज सेजुवाल र काभ्रे घर भएका १८ वर्षीय रमेश क्षेत्री रहेका छन् ।

पक्राउ परेका विद्यार्थी नेताहरु चन्दा संकलनमा संलग्न रहेको आशंका गरिएको छ । उनीहरुमाथि अनुसन्धान चलिरहेको राठौरले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: